मुख्यमन्त्री शाही सहभागी कार्यक्रमस्थल नजिकै बिस्फोट

  • साझा डबली
  • बुधबार, साउन २९, २०७६
  • सुर्खेत, साउन २९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो ।

    मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भएको छैन । विस्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन् । उनको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समुहले वम विष्फोट गराएको स्वकीय सचिव सिंहले बताए ।

    विस्फोटपछि पनि मुख्यमन्त्री शाहीको पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology