जानी राख्नुहोस्, केटि पट्याउने उत्कृष्ट १० तरिका

  • साझा डबली
  • शनिबार, साउन २५, २०७६
  • सबै यूवा युवतीहरु उमेरको चाहना र भावनाअनुसार आत्मीय साथीको खोजीमा हुन्छन् । आत्मियता, साथित्व महसुश गदै प्रेमिल जीवन जिउने सबैको चाहना हुन्छ ।

    प्रेम प्रस्तावका लागि एउटी केटीले केटा मात्रै नहेरेर अधिकांश युवतीहरु केटाहरुले प्रेम प्रस्तावका लागि अपनाउने तौर तरिकाबाट पनि प्रभावित हुने गरेका छन् । कतिपय अवस्थामा केटाले व्यक्त गर्ने प्रेमका शब्दहरु मात्र पनि पुर्ण नहुन सक्छन् । प्रेम प्रस्ताव स्वीकार वा अस्वीकार गर्नका लागि प्रस्ताव गर्दाको वातावरण पनि महत्वपूर्ण हुन्छ ।

    आफूलाई मन परेको व्यक्तिको मन जित्नका लागि निम्न तरिकाले प्रस्ताव गर्न सकिन्छ ।

    १. आत्मविश्वासी बन्नुहोस:
    प्रेम प्रस्ताव गर्नु अघि आफैलाई चिन्नु र विश्वासी बनाउनु पर्दछ । प्रस्ताव राख्नुभन्दा अगाडि पहिला आफैलाई आत्मविश्वासी र बलियो बनाउनुहोस । आफनो केहि कुराहरु नलुकाईकन खुलस्त ढुक्क भएर भन्नुहोस । सृजनात्मक हुनुहोस र उसको पनि बानि ब्यवहार, चाल चलनबारे राम्ररी जानकारी हुनुहोस् ।

    २.क्यान्डल लाईट डिनर
    आफनो प्रेमिकासँगको क्यान्डल लाईट डिनर गर्ने उपाय उसलाई प्रभावित पार्ने उपायमध्ये महत्वपूर्ण हो । ढल्कदै गरेको साँझसँगै सुरु हुने क्यान्डल लाईट डिनरको आयोजनाले तपाईको प्रेमिकालाई मायाको जालमा पार्न सहज बनाईदिन्छ । क्यान्डलबाट आएको हल्का उज्यालोमा एक अर्कासंग नजिकिदै आफना प्रेमका शब्दहरु पस्कनु आफैमा रोमान्टिक पल हो ।

    त्यसमा पनि मन परेको मान्छेलाई उसको रुचीको मन पर्ने परिकारहरु बनाउने र नेपथ्यमा हल्का रोमान्टिक संगीत बजाउने गर्नाले माया र रोमान्समा चुर्लुम्म डुब्न थप मद्धत पुग्दछ ।

    ३. पहिलो पटक भेटिएको ठाँउ
    पहिलो भेट सबैलाई यादगार हुन्छ । पहिलो भेट र भेटमा बोलचाल भएका ब्यक्तिहरु कुनै न कुनै माध्यमबाट स्मरणमा आईरहन्छन् ।

    तपाई पनि आफनो प्रेम प्रस्ताव राख्नु अगाडि सबैभन्दा पहिला दुई कहाँ जना कसरी भेट्नु भएको थियो, त्यही ठाउँमा फेरी भेट्ने कार्यक्रम बनाउनुहोस ता कि पुराना यादहरु पुन भेटले फेरी ताजा र रोमान्टिक बनाईदियोस ।

    ४ . विभिन्न दिवसमा प्रेम प्रस्ताव र सम्झना
    कतिपयले प्रेम ब्यक्त गर्न वा प्रस्ताव गर्न सबैले भ्यालेन्टाईन डेलाई नै रोज्ने गर्दछन् । तर, आफ्नो मायाप्रेम ब्यक्त गर्न भ्यालेन्टाइन डेको मात्र प्रतिक्षा गर्नुपर्छ भन्ने छैन । आफनो प्रस्तावलाई फरक र उत्कृष्ट बनाउनका लागि मनको भावना पोख्न विभिन्न दिवसहरु जस्तै क्रिसमस, ईद, होली, आदिको अवसर उपयोग गर्न सकिन्छ । त्यसैगरी फेन्डसिप डे, बर्थ डे को अवसरमा पनि प्रेम प्रस्ताव गर्न सकिन्छ ।

    ५ . फिल्मको इन्टरभलमा
    रोमान्टिक फिल्म हेर्दा मानिसको मन प्रेमिल बनेको हुन्छ । दुवै जना फिल्म हेर्न जाने र फिल्मको विच वा व्रेक टाईममा त्यही प्रेमिल मनको उपयोग गर्ने तरिकाले आफूलाई लागेको कुरा भन्ने वा प्रस्ताव गर्ने गर्न सकिन्छ । त्यो बेला उनको प्रतिक्रिया कस्तो हुन्छ, जाँच गर्ने मौका पनि हो ।

    ६. टि–सर्टबाट प्रस्ताव
    प्रेमलाई व्यक्त गर्ने विभिन्न तारिकाहरु मध्य आफनो टिसर्ट वा ज्याकेटमा उसलाई माया दर्शाउने शब्दहरु लेखि प्रस्तुत हुनु पनि अर्को गज्जवको उपाय बन्न सक्छ । टिसर्ट तथा ज्याकेटमा लेखिएका ‘विल यु म्यारी मि’ तथा ‘डु यु लभ मि ?’ जस्ता लाईनहरुले पनि मायालुलाई प्रभावित पार्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।

    ७. पार्कमा पिकनिक
    आफनो मायालाई अझ आत्मिय र सहज बनाउन पार्कमा गरिने पिकनिकले पनि ठुलो महत्व राख्ने गर्दछ । हुन त झट्ट हेर्दा पिकनिक गर्ने कार्यक्रम अति सरल देखिए पनि यो त्यति नै रोमान्टिक र एक अर्कालाई नजिक बनाउन सहयोग सिद्ध हुने गर्छ ।

    ८. रेडियो प्रस्ताव
    युवतीहरु अक्सर बहादुर युवाहरु तर्फ आकृष्ट हुन्छन् । खुलेर प्रेम प्रस्ताव राख्ने मानिसहरु उनिहरुलाई बढि मनपर्छ । त्यसमा पनि विभिन्न सञ्चारमाध्यमहरु जस्तै रेडियो टिभि बाट प्रसारित हुने विभिन्न टेलिफोनिक’ कार्यक्रमहरु मार्फत आफनो मायालाई सम्झउन, सुनाउनु तथा भावनाहरु राख्न सकिन्छ । गीत संगीतहरु उनैलाई समर्पित गर्नुले पनि मायाको डोरीलाई कसिलो बनाउने गर्छ ।

    ९.सरप्राइज गिफ्ट राख्नु
    कसैलाई आफुप्रति आकर्षित गर्नका लागि आश्चर्यजनक गिफ्ट दिनु पनि सरल उपाय मध्यको एक हो । बक्समा लुकाएर सरप्राइज दिनु या त्यसमा उनलाई मन पर्ने गिफ्टहरु प्याक गरेर सप्र्रप्राइज गिफ्ट दिनुले पनि आकर्षण बढाइराख्न सहयोग गर्छ ।

    १०. ब्यानर प्रस्ताव
    हुन त सबैले खुलेरै प्रेम प्रस्ताव राख्छन् भन्ने छैन् । कतिपय यो मामलामा हिम्मत जुटाउन सक्दैनन भने कतिपयले आफु अस्विकृत हुन्छु कि भन्ने डरले पनि भन्न सक्दैनन् । यदि त्यस्तो हो भने तपाई ब्यानर प्रस्तावको उपायलाई अवलम्बन गर्न सक्नुहुन्छ ।

    जस्तै, कुनै सानो वा ठुलो ब्यानरमा ‘आई लभ यु’ लेखि उसको घर वा अफिस बाहिर प्रदर्शन गर्ने । तर, त्यो ब्यानरमा उसको नाम भने उल्लेख गर्नु उचित हुँदैन । यो उपाय तपाई रिजेक्ट हुनुहुन्न भन्ने भईसकेपछि मात्रै अपनाउनु राम्रो मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology