पक्राउ परेका नक्कली नोट कारोबारी मेसिनसहित ७ जना सार्वजनिक

  • साझा डबली
  • शुक्रबार, साउन २४, २०७६
  • कैलाली,साउन २४ । नक्कली नोट र  त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई  जिल्ला प्रहरी कार्यालय, कैलालीले  शुक्रबार बिहान सार्वजनिक गरेको हो ।

    नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् । त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

    उनीहरुलाई फरक फरक मितिमा मितिमा धनगढी र काठमाडौंबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

    उनीहरुकाे साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नाेट प्रहरीले बरामद गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology