डेभ्यु खेलमा महँगो भए सोमपाल, हार्यो विन्नीपेग हक्स

  • साझा डबली
  • आइतवार, साउन १९, २०७६
  • काठमाडौं, साउन १९। ग्लोबल टी-२० अन्तर्गत नेपाली तिब्र गतिका बलर सोमपाल कामीको अन्तर्राष्ट्रिय फ़्रेन्चाइज टी-२० को डेभ्यु राम्रो हुन सकेन ।

    क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत विन्नीपेग हक्सबाट आज खेलेका सोमपाल महँगो साबित भएका छन् ।

    हक्स ८ विकेटले पराजित भएको यस खेलमा सोमपालले २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिएनन् । सोमपालले पहिलो ओभरमा १५ रन दिएका थिए । जसमा उनले तीन ह्वाइट बल फाले भने एक छक्का पनि खाए । पाकिस्तानी ब्याट्सम्यान मोहमद हाफिजले सोमपालको दोस्रो बलमा छक्का प्रहार गरेका थिए ।

    त्यस्तै दोस्रो ओभरमा सोमपालले १८ रन दिए । दोस्रो ओभरमा २ छक्का र एक चौका खाएका थिए । हालैको विश्वकपमा न्युजील्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरेका जिम्मी निशामले दोस्रो बलमा छक्का प्राह्र गरे भने हङकङका खेलाडी अंशुमन राठले चौथो बलमा चौका र पाचौं बलमा छक्का प्रहार गरेका थिए ।

    यस खेलमा एडमंटन रोयल्सले विन्नीपेगलाई ८ विकेटले पराजति गर्दै पहिलो जित हासिल गरेको छ । विन्नीपेगले दिएको १९६ रनको लक्ष्य पछाएको एडमंटनले १७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ ।

    विन्नीपेगको प्रतियोगितामा तेस्रो हारको भने ५ खेलमा २ खेलमा जित हासिल गर्दै ४ अंकसहित अहिले अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology