आमाकै संलग्नतामा १२ वर्षीया बालिकालाई १५ दिनसम्म बलात्कार

  • साझा डबली
  • आइतवार, साउन १९, २०७६
  • काठमाडौं, साउन १९। महोत्तरीमा एक बालिकाको आफ्नै आमाको संलग्नतामा बलात्कार भएको खुलेको छ । भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई धम्क्याउँदै भारत लगेर १५ दिनसम्म बलात्कार गरेको गत महिना पीडित बालिकाले खुलासा गरेकी थिइन् ।

    त्यसरी १५ दिनसम्म आमाकै संलग्नतामा बालिकामाथि बलात्कार भएको हो । रोजगारीका प्रलोभन देखाएर आमाके संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको बालिकाले बतायन् ।

    बालिकाका अनुसार आमाले आफ्नो अनैतिक सम्बन्ध रहेका महतोसँग एउटै कोठामा बसेर छोरीलाई पनि बलात्कार गर्न लगाएकी थिइन् ।

    आफूलाई बलात्कार गर्ने आमा र बलात्कार गर्ने महतोविरुद्द पीडित बालिकाले दिललीबाट नेपाल आएर जिल्ला प्हरी कार्यालयमा उजुरी दिउको एक महिना बितेपनि बालिकाले अझै न्याय पाउन सकेकी छैनन् । उनि अहिले गाउँबाट विस्थापित बनेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology