बलात्कार र हत्याकाे अभियोगमा सांसद निष्कासित

  • साझा डबली
  • शनिबार, साउन १८, २०७६
  • काठमाडौं, साउन १८। भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बलात्कार तथा हत्या घटनामा मुछिएका एक राज्य विधायकलाई पार्टीबाट निकालेको छ। उत्तर प्रदेशका विधानसभा सदस्य कुलदीप सेंगरमाथि बलात्कार पीडित तथा उनकी वकिल घाइते हुने गरि आइतवार गाडी दुर्घटना गराएको आरोप लागेको छ।

    ती पीडितका दुई आफन्तपनि मारिएका छन्। उक्त घटना नरेन्द्र मोदी सरकारको निम्ति समेत लज्जाको विषय बनेको छ। सरकारले सेंगरलाई जोगाउन खोजेको आरोप लागेको थियो। भारतको सर्वोच्च अदालतले उक्त बलात्कार घटनाको मुद्दा चलाउन ४५ दिनको समयसीमा तोकिदिएको छ।

    गाडी दुर्घटनाको छानबिन एक हप्ताभित्र गरिसक्न उसले अनुसन्धानकर्तालाई आदेश दिएको छ।यसअघि आइतवार भएको गाडी दुर्घटनामा सेंगरमाथि बलात्कारको आरोप लगाउनी पीडित घाइते भएकी थिइन्।

    सो घटनापछि भाजपाले सेंगरलाई पार्टीबाट निकाल्न गरेको ढिलाइबारे चर्का आवाज उठेका थिए।सेंगर हाल मुद्दाको पर्खाइमा जेलमा छन् र उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। पीडितकी आमाले सेंगरलाई पार्टीबाट निकाला गरेको समाचार राम्रो भएको प्रतिक्रिया दिइन्। सन् २०१७ मा आफ्नी छोरीले सेंगरलाई बलात्कारको आरोप लगाए यता पूरै परिवार त्रासमा बाँच्न बाध्य भएको उनले बताइन्।

    ती पीडित आफ्नो वकिल र आफन्तसँग कारमा यात्रा गरिरहँदा एउटा लरीले राय बरेलीस्थित राजमार्गमा ठक्कर दिएको थियो। सन् २०१७ को जुन महिनामा कामको निम्ति सेंगरलाई भेटेपश्चात् उनले आफूलाई अपहरण गरेको र एक साताभन्दा धेरै समयसम्म उनले र अरूले पटक पटक बलात्कार गरेको बताएकी छन्। बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology