सासु बलात्कार गर्न ज्वाइँ कस्सिएपछि…

  • साझा डबली
  • शुक्रबार, साउन १७, २०७६
  • सल्यान , साउन १७। कपुरकोट गाउँपालिका-५ रीम निवासी बोल्न नसक्ने दिदि सासूलाई घरमा कोही नभएको मौका पारी ज्वाइँ नाता पर्ने एक युवले बलात्कार गरेको आरोपमा प्रहरीले उसलाई पक्राउ गरेको छ।

    बलात्कार गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले बताए । मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology