रवीन्द्र अधिकारीको कुर्चीमा बसेको हुँः योगेश भट्टराई

  • साझा डबली
  • बुधबार, साउन १५, २०७६
  • काठमाडौं, साउन १५। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको कुर्चीमा बसेको बताएका छन । उनले उत्तराधिकारीको रुपमा आएको बताएका हुन।

    बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताएका छन ।

    उनले भनेका छन ‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर  प्रकृतिलाई जित्न सकेनौं।  उहाँको उत्ताराधिकारीका रुपमा आएको छु,  यसो भन्दा मलाइ गर्व छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology