बन्द अपडेट- मकवानपुरमा दुईवटा गाडी जलाईयो

  • साझा डबली
  • बुधबार, साउन १५, २०७६
  • काठमाडौं, साउन १५। विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ । गएराती मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

    यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताएका छन । मानविय क्षति भने नभएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology