कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

  • साझा डबली
  • सोमवार, साउन १३, २०७६
  • काठमाडौं, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आज बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको बताइएको छ ।

    हिंजो आइतबार प्राविधिक सहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरिएको छ । सो नतिजामा कुनै त्रुटि नभेटिएपछि आज नतिजा प्रकाशित गरिने भएको हो ।

    यसवर्ष  पनि सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने  छ । सबै संकायको नतिजा नतिजा एकै पटक प्रकाशित गर्न लागिएको यो दोस्रो पटक हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

    नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

    ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

    उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology