सुपर डान्सरको सुटिङ गरिरहेका वरुण धवन सेटमै बेहोस !

  • साझा डबली
  • आइतवार, साउन १२, २०७६
  • काठमाडौं, साउन १२। अभिनेता वरुण धवन चलचित्रको छायांकन गर्दा गर्दै बेहोस भएका छन्। चलचित्र ‘सुपर डान्सर – थ्रीडी’ को छायांकनमा १८ घण्टा खटिएका धवन कमजोरी भएर बेहोस भएका हुन्। चिकित्सकले उनको रक्तचाप कम भएको बताएका छन्। उनलाई रुघाखोकी र सामान्य ज्वरो आएको छ।

    रेमो डिसुजाको चलचित्र ‘सुपर डान्सर थ्री डि’ को सुटिङ जुलाई २६ मा सक्किने बताइएको छ, त्यसैले यो कामको धेरै प्रेसर भएकोले वरुणलाई समस्या भएको बताइएको छ।

    चलचित्रमा धेरै प्रकारको डान्स भएकोले उनी निरन्तर यसमा मेहनत गरीरहेका छन्। उनी नाँच्दा नाँच्दै पसिना पसिना भएका थिए र बेहोस भएका थिए। वरुण बेहोस भएपछि रेमोले तत्काल चिकित्सकलाई देखाएका थिए। वरुणलाई समस्या भएपछि रेमोले सुटिङ दुई दिनलाई रोकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology