कुवेतसँगको खेलमा नेपाल फिल्डिङ्गमा, जित्नै पर्ने दवाब

  • साझा डबली
  • शनिबार, साउन ११, २०७६
  • काठमाडौँ, साउन ११। ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    टस जितेर नेपालले फिल्डिङ्ग रोजेपछि कुवेत ब्याटिङ्गमा छ । नेपालका विदोन भण्डारीले दुई विकेट लिएका छन् । यस्तै सन्दीप लामिछाने र करण केसीले एक विकेट लिएका छन् ।

    यो खेलमा नेपालको कप्तानी पारस खड्काले नै गरेका छन् । उनी चोटका कारण मलेसियासँगको खेलमा मैदानमा थिएनन् ।

    एक खेलमा हार र एकमा जित सहित नेपाल विश्वकप छनौटको यात्रामा रहनका लागि बाँकी खेल जित्नु पर्ने अवस्थामा छ ।

    पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो ।

    यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology