आजको मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • साझा डबली
  • शुक्रबार, साउन १०, २०७६
  • काठमाडौं, साउन १०। जल तथा मौसम पूर्वानुमान महाखाले मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको जनाएको छ। मनसुनको न्यून चापिय रेखा नेपालभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन्।

    शुक्रबार देशभर सामान्य बदली भइ केहि स्थानमा सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो  पहाडि र तराई भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ। देशको पहाडि तथा तराई भेगका एक-दुई स्थानहरुमा भारी बर्षाको सम्भावना रहेकाले नदी वरपर, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology