आर्सनलका दुई खेलाडीमाथि लन्डनमा आक्रमण

  • साझा डबली
  • शुक्रबार, साउन १०, २०७६
  • काठमाडौँ । आर्सनलका फुटबलर मेसुट ओजील र सीड कोलासीनाकमाथि आक्रमण भएको छ । गएराती लन्डनमा यी दुई फुटबल स्टारहरुमाथि लुटेराले आक्रमण गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

    ओजीलले गाडी चलाएर गइरहेका बेला उनीमाथि स्कुटरमा आएको ग्याङले आक्रमण गरेको थियो । चक्कुसहित हेलमेट लगाएर आएका उनीहरुले आक्रमण गर्न थालेपछि नजिकै रहेको रेस्टुरेन्टमा पुगेका थिए ।

    ओजीलसँगै रहेका अर्का खेलाडी कोलासीनाकले भने लुटेरासँग केहीबेर प्रतिकार समेत गरेका थिए ।

    ओजीलमाथि आक्रमण हुन थालेपछि नजिकै रहेको रेस्टुरेन्टका स्टाफ आएर उनीहरुको मद्धत गरेका थिए । यस घटनामा ओजीलर कोलासीनाकलाई कुनै चोट नलागेको बताइएको छ । त्यसपछि तुरुन्तै प्रहरी घटनास्थलमा पुगेको र आक्रमणकारीको खोजी गरेको बताइएको छ ।

    दुवै खेलाडीले प्रहरीलाई घटनाबारे जानकारी गराएको बताइएको छ । त्यस्तै आर्सनलले समेत एक विज्ञप्ति निकाल्दै घटनामा दुवै खेलाडीलाई कुनै चोट नलागेको र उनीहरु क्लबको सम्पर्कमा रहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology