निर्मलाकी आमा भन्छिन ‘झुक्किएर निर्मलालाई भात पस्कन्छु’

  • साझा डबली
  • शुक्रबार, साउन १०, २०७६
  • काठमाडौं, साउन १०। घरका ढोका बन्द छन्, सुनसान छ । तर, घरभित्र निर्मलाकी दिदी र बहिनी छन् भन्ने बाहिर रहेका दुईजोर चप्पलले जनाऊ दिन्छन् ।

    दुर्गादेवीले ढोका उघारिन् र प्लास्टिकको नीलो कुर्सी निकालिन् । आजभोलि उनलाई कसैसँग कुरा गर्नै मन छैन । निर्मलालाई सम्झँदा उनी भक्कानिन्छिन् । एक वर्ष भयो उनको मुहारबाट हाँसो, जीवनबाट चैन, आँतबाट भोक र जीवनबाट सपना हराएको ।

    दुर्गादेवी चिया पकाउन भान्सा कोठामा पसिन् । तर, चिया पकाउँदा पकाउँदै उनी भक्कानिइन् । भान्सा कोठा देख्दा उनलाई छोरीको याद आउँछ । भन्छिन्, ‘कहिले झुक्किएर तीनवटा थालमा भात पस्किन्छु, दुई छोरीमात्र देखेपछि झस्किन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology