गोरखामा १६ किलो सुन सहित एक जना पक्राउ

  • साझा डबली
  • बिहिबार, साउन ९, २०७६
  • गोरखा,साउन ९ । गोरखामा १६ किलोग्राम सुन बरामद भएको छ । धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित एक ओढारमा लुकाइराखेको सुनसहित एकजना पक्राउ गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

    तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले बुधबार नै उनलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology