सोह्रखुट्टेमा एकाबिहानै डरलाग्दो दुर्घटना

  • साझा डबली
  • बिहिबार, साउन ९, २०७६
  • काठमाडौं, साउन ९। राजधानीको सोह्रखुट्टेमा बिहीबार बिहान डरलाग्दो सवारी दुर्घटना भएको छ । ठमेलबाट कालधारातर्फ जाँदै गरेको बा ११ च २१०३ नम्बरको कार बिहिबार बिहान ४ बजे दुर्घटना भएको महनगरीय प्रहरी वृत लैनचौरले जानकारी दिएको छ ।

    तीब्र गतिमा ठमेलबाट सोह्रखुट्टेको ओरालो झरिरहेको कारले सडक छेउको जय श्रीकृष्ण चस्मा पसलको सटरमा ठक्कर दिएर सडकमै पल्टिएको हो ।

    दुर्घटनाबाट सवारीचालक कालधाराका सागरमाथा राईलाई भने केही नभएको महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

    चालक राईले आफूले दुधको गाडी जोगाउन खोज्दा दुर्घटना भएको बयान दिएको प्रहरीले जनाएको छ । ‘कार सडकमा उत्तानो परेको छ’, उनले भने, ‘तर, चालकलाई भने केही पनि भएको छैन, मापसे गरेर सवारी चलाएकोले दुर्घटना भएको हो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology