मेसीलाई कोपा फेडेरेसनको जरिवाना, एक खेलको प्रतिबन्ध

  • साझा डबली
  • बुधबार, साउन ८, २०७६
  • काठमाडौँ, साउन ८। अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनेल मेसीलाई कोपा अमेरिका फुटबल फेडेरेसनले जरिवाना गरेको छ ।

    हालै सम्पन्न कोपा अमेरिका प्रतियोगिताको बारेमा अनुचित कमेन्ट गरेको भन्दै मेसीलाई १५ सय अमेरिकी डलर जरिवाना गरेको फेडेरेसनले जनाएको छ ।

    मेसीले तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्ड समेत पाएकाले सो बापत एक खेलमा स्वत: प्रतिबन्ध समेत लागेको छ ।

    रातो कार्ड पाएर मैदान छोडेका मेसीले मेडल वितरण कार्यक्रम समेत बहिष्कार गरेका थिए ।

    मेसीले सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि ब्राजिललाई कोपा जिताउन सबै सेट गरेको आरोप लगाएका थिए । उनले कोपाको आयोजना अव्यवस्थित भएको, खेल्ने मैदान राम्रो नभएको भन्दै रेफ्रीको निर्णयमा समेत प्रश्न उठाएका थिए । मेसीले यस्तो अनियमितता हुने प्रतियोगितामा आफु सहभागी नहुने समेत बताएका थिए ।

    मेसीको सो कमेन्टपछि कोपा फेडेरेसनले आपत्ति जनाउदै मेसीको भनाई अपमानजनक भएको बताएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology