पहिलो खेलमै नेपाललाई झड्का : कतारसँग ४ विकेटले पराजित

  • साझा डबली
  • मङ्लबार, साउन ७, २०७६
  • काठमाडौं, साउन ७। आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो ।

    नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए ।

    त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

    नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो ।

    खड्का र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

    कप्तान खड्काले १७ बलमा ४ चौका  र १ छक्काको मद्दतले २८ रन बनाए भने मल्लले २४ बलमा २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए ।

    ऐरीले ३५ बलमा एक चौका र एक छक्का हिर्काए । अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। कतारका लागि इकबार हुसेनले २ तथा नुमान सरवार र तमुर सज्जादले २–२ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology