कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत ‘दुबो फुल्यो’ सार्वजनिक

  • साझा डबली
  • मङ्लबार, साउन ७, २०७६
  • काठमाडौँ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत ‘दुबो फुल्यो’ सार्वजनिक गरिएको छ । गत जेठबाट छायांकनमा गएको चलचित्रलाई भदौ १३ गते रिलिज गर्ने घोषणा गरिएको छ ।

    सार्वजनिक गरिएको गीतमा कर्मा र उपासना फिचर्ड रहेका छन् । गीतमा हेमन्त राना र हृतिका श्रेष्ठले स्वर दिएका छन् । त्यस्तै गीतमा संगीत भने एसडी योगीको रहेको छ भने गीतलाई हर्क साउदले लेखेका हुन् ।

    यो चलचित्रमा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई केन्द्रिय भूमिकामा रहनेछन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नायक कर्मा थपिएका छन् । यस्तै, चलचित्रमा नायिका रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल पनि मुख्य भूमिकामा छन् ।

    स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा यो चलचित्र बन्नेछ । चलचित्रमा कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको पनि अभिनय रहनेछ ।

    बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी छ ।

    चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रका एक्टिङ कोच अनुप बराल हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology