प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न

  • साझा डबली
  • सोमवार, साउन ६, २०७६
  • पोखरा,साउन ६ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलका कक्षा ८ मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा प्रष्ट पारिएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्की का प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बालबालिकाहरुलाई प्रहरी कार्यलयमा नै ल्याई अन्तर्क्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराउनुका साथै उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराईएको थियो ।

    भोलिको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनिहरुको सामाजिक उत्तरदायित्व प्रति समेत जानकार बनाउने उद्देश्यले उपस्थित विद्यार्थीहरुसंग समाजमा शान्ति सुरक्षा कायम राख्न अन्य निकायको समन्वयकारी भूमिका विषयमा समेत चर्चा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology