विप्लवसँग वार्ता हुँदैन् : रक्षामन्त्री

  • साझा डबली
  • सोमवार, साउन ६, २०७६
  • काठमाडौं, साउन ६। रक्षामन्त्री एवं सत्तारुढ दल (नेकपा)का नेता ईश्वर पोखरेलले विप्लव समुह सँग वार्ता नुहने संकेत गरेका छन् । हिंसात्मक गतिविधि नछाडेसम्म नेकपा विप्लव समूहसँग वार्ता नहुने उनले स्पष्ट पारेका छन् ।

    विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘विप्लव समूहले हिंसात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । यस्तो अबस्थामा वार्ताको कुनै सम्भावना रहँदैन’ ।

    सरकारले नै टिम बनाएको समाचारहरुमा आफूले पनि पढेको भन्दै पोखरेलले त्यसलाई आफूहरुले हस्यौली र ठट्यौलीका रुपमा लिएको प्रतिक्रिया दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology