मन्दिरको छत खसेर किच्दा दुई जनाको मृत्यु

  • साझा डबली
  • सोमवार, साउन ६, २०७६
  • काठमाडौं, साउन ६। पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ७ टाहारीमा निर्माणाधिन यलम्वर पार्कको छत खस्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा हिलिहाङ ७ का ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राई छन ।

    हिलिहाङ ७ टाहारी नजिकै गाँउ पालिकाको लगानीमा निर्माणाधिन पार्ककको छत ढलाई पछि खोल्ने क्रममा उनीहरुको ज्यान गएको हो । घट्ना सोमवार विहान भएको हो ।

    घट्नास्थलमा प्रहरी पुगिसकेको छ । वाँकी १ जना घाइते भएका छन । घाइतेलाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदैछ । घटनाको पूर्ण विवरण आउन वाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology