आज आइतबार ह्वात्तै घट्यो सुनको मूल्य

  • साझा डबली
  • आइतवार, साउन ५, २०७६
  • काठमाडौं, साउन ५। आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

    यस दिन सुन प्रति तोला ५०० रुपैयाले घटेर ६५ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
    यस्तै, आइतबार प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत हप्ताको मंगलबार र बुधबार प्रतितोला छापावाल सुन ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहिबार तोलामा ५ सय रुपैया बढेको सुनको मूल्य शुक्रबार फेरी तोलामा ५ सय रुपैयाले बढेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ५ सय रुपैयामा कारोबार भएको थियो।

    त्यसैगरी आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदीको मुल्य तोलामा ५ रुपैया घटेर तोलामा ७ सय ६५ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार र बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने बिहिबार चाँदी तोलामा ४० रुपैयाले बढेर प्रतितोला ७ सय ६५ रुपैयामा कारोबार भएको थियो शुक्रबार तोलामा ५ रुपैयाले बढेर प्रति तोला ७ सय ७० रुपैयामा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology