नेइमार बिना खेलेको पिएसजी बराबरीमा रोकियो

  • साझा डबली
  • आइतवार, साउन ५, २०७६
  • काठमाडौँ, साउन ५। फ्रेन्च क्लब पिएसजी प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा पिएसजी र जर्मनी क्लब नार्नबर्गसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    पिएसजीका लागि पाबलो सर्बियाले एक गोल गरेका थिए नार्नबर्गका लागि एनरिको भालेनटिनीले एक गोल गरेका थिए ।

    आफना स्टार खेलाडी नेइमार बिना खेलेको पिएसजीले प्रि-सिजनमा जित निकाल्न असफल भएको थियो । नेइमारले क्लब छोड्ने बताएपछि क्लबको अभ्यासमा रहेपनि उनलाई यस खेलबाट भने बाहिर राखिएको थियो । उनी बार्सिलोना जाने विषयमा दुवै क्लब छलफलमा रहे पनि अझै सहमति पुग्न भने सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology