स्वास्थ्य केन्द्रमा पार्टी चलाउने प्रमुखले दिए पत्रकारलाई धम्की

  • अमृत बास्तोला
  • शुक्रबार, साउन ३, २०७६
  • तेह्रथुम, साउन ३। प्राथमिक स्वास्थ्य केन्द्र भित्र पार्टी संचालन गर्ने केन्द्रका प्रमुख डा. सन्तोषप्रसाद शाहले समाचार लेखेको भन्दै पत्रकार अमृत बास्तोलालाई धम्कीपुर्ण चेतावनी दिएका छन् ।

    तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भित्र बुधबार राती पार्टी र दोहोरी साँझ नै चलेको समाचारको विषयमा बास्तोलालाई शुक्रबार दिउँसो ११ बजेर ३ मिनेटमा फोन गर्दै स्वास्थ्य केन्द्रका प्रमुख डा. शाहले मेरो मानहानी भयो, १० मिनेट भित्र आठराई गाउँपालिकाको कार्यालयमा उपस्थित हुन भन्दै चेतावनी दिएका हुन् ।

    हस्पिटलमा पार्टी संचालन भएको विषयमा बिरामीले केही भनेका छैनन् , पत्रकारले चासो राख्ने विषय नभएको स्वास्थ्य केन्द्र प्रमुख डा. शाहले बताए । समाचारले आफ्नो बदनाम भएकोले अब आफुपनि चुप लागेर नबस्ने उनको भनाइ छ ।

    गाउँपालिकामा समाचारको विषयमा छलफल गर्न डा. शाहले आह्वान पनि गरेका छ्न । बास्तोलाले १० मिनेट भित्र उपस्थित हुन नसक्ने बताउदै समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो रोज्न आग्रह गरेका छन् ।

    बुधबार राति चर्चित गित गलबन्दीको भाका सँगै माहोलले स्वास्थ्य केन्द्रलाई तताएको थियो । आठराईका स्वास्थ प्रमुख एवम् प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. शाहले केन्द्र भित्रै पाटि संचालन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology