धोनीले आज सन्यास लिने सम्भावना बलियो

  • साझा डबली
  • शुक्रबार, साउन ३, २०७६
  • काठमाडौं, साउन ३। भारत विश्वकपको सेमिफाइनलबाट नकआउट भएसँगै टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको भविष्यको विषयमा अनेकौं अड्कल काट्न लागिएको छ । के धोनीले सन्यास लिन्छन् ? यो क्रिकेट जगतमा अहिलेको सबैभन्दा ठूलो चासोको प्रश्न हो । यसको जवाफ आज आउने सम्भावना बलियो भएको इएसपिएनक्रिकइन्फोको रिपोर्टमा उल्लेख छ ।

    आज जुलाइ १९ मा भारतीय क्रिकेट बोर्ड बीसीसीआइको ५ सदस्यीय छनोट समितिले वेष्ट इण्डिजसँग हुने सिरिजको लागि खेलाडी छनोट गर्दैछ । यो सिरिज अगष्ट–सेप्टेम्बरमा हुनेछ । १ महिना लामो क्यारेबियन टुर अगष्ट ३ मा सुरु भएर सेप्टेम्बर ४ सम्म चल्नेछ । टुरमा ३ टि–२० आइ, ३ ओडिआइ र २ टेस्ट हुनेछन् ।

    भारतीय टिममा धोनीको स्थान विगत १२ महिनादेखि बहसको विषय बनेको छ । विश्वकपको क्रममा धोनीले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनमा सचिन तेन्दुलकरले समेत प्रश्न उठाएका थिए । भारतीय कप्तान विराट कोहलीले यस्ता बहसलाई शान्त पार्ने प्रयास गर्दै आइरहेका छन् । अब छनोट समितिले पर्सी टिमको घोषणा गर्नुअघि धोनीसँग भेट्ने बताइएको छ ।

    छनोट समितिले धोनीलाई टिममा नछान्ने निर्णय लिएको यसअघि नै टाइम्स अफ इण्डियाले लेखेको थियो । यदि समितिले धोनीलाई टिममा छनोट गरेन भने उनले त्यतिबेला नै सन्यासको घोषणा गर्न सक्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology