माफी नमागे मेस्सीलाई कडा कारवाही

  • साझा डबली
  • शुक्रबार, साउन ३, २०७६
  • एजेन्सी । ब्राजिलमा सम्पन भएको कोपा अमेरिका कपको सेमिफाइनलमा ब्राजिलसगँ पराजित भएपछि मेस्सीले रेफ्रीलाई सही निर्णय लिन नसकेको आरोप लगाएको भन्ने विषयमा गरेको अभिव्यतिलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले मेस्सीलाई माफी माग्न निर्देशन दिएको छ ।

    अर्जेन्टिनाको खेलकुद अदालतले पनि कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । सोही कारण मेस्सीलाई दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसनले कारवाहीको तयारी गरिरहेको छ ।

    यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ उनले प्रस्ट पारे ।

    मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका थिए । मेस्सीले अर्जेन्टिनाबाट अझै पनि उपाधि जित्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology