लेकसाइडमा खुल्यो नेपाली संस्कृती झल्किने भान्छाघर

  • सविन रेग्मी
  • बिहिबार, साउन २, २०७६
  • पोखरा,साउन २ । पोखरा ६, लेकसाइडमा वाराही नेपाली भान्छा घर सञ्चालनमा आएको छ । भान्छाघरको विहिवार पोखरा उधोग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक समारोहका विचमा उद्घाटन गरेका छन् ।

    भान्छा घरमा नेपाली टिपिकल अर्गा्निक खानालाई प्राथमिकता दिइने सञ्चालक मध्येका एक सुनिल रेग्मीले वताए ।  नेपालीहरुले आफ्नो संस्कृति विर्सिएको अवस्थामा विदेशी खाना आयात हुने र भोलीको सन्ततिले टिपिकल नेपाली खाना कस्तो थियो त ? भन्ने उद्देश्यले वाराही नेपाली भान्छा घर सञ्चालनमा ल्याएको अर्का सञ्चालक मोहन मणी सुवेदीले वताए ।

     

    दुई जनाको संयुक्त लगानीमा उक्त भान्छा घर सञ्चालनमा आएको हो । भान्छा घर विहान ८ वजेवाट वेलुका ११ वजेसम्म खुला रहने र ओपनिङ्गको अवसरमा दश प्रतिशत अतिरिक्त शुल्क पनि नरहेको सञ्चालन पक्षले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology