कतार विश्वकप छनौट खेलको ड्र सार्वजनिक : नेपाल को–कोसँग खेल्दैछ ?

  • साझा डबली
  • बिहिबार, साउन २, २०७६
  • काठमाडौं, साउन २। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रअन्तर्गत छनौट खेल तालिका सार्वजनिक भएको छ । एसियाका ४० देशलाई विभिन्न आठ समूहमा विभाजन गरेर आज ड्र सार्वजनिक गरिएको हो ।

    आज सार्वजनिक छनौट खेलको ड्रअनुसार नेपाल समूह ‘बी’मा परेको छ । एसियाली राष्ट्रमा फिफा वरीयताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनौटको दोस्रो चरण खेल्न लागेको हो ।

    डबल राउन्ड रोबिनका आधारमा हुने विश्वकप छनौटको दोस्रो राउन्ड होम एन्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि हुँदैछ ।

    आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनौटको अन्तिम चरणमा प्रवेश पाउनेछन् । त्यस्तै, यी नै १२ टिमले सन् २०२३ मा हुने एसियन कप समेत खेल्न पाउनेछन् ।

    यस्तो छ खेल तालिका

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology