आजदेखि तलब लिन प्यान नम्बर अनिवार्य

  • साझा डबली
  • बुधबार, साउन १, २०७६
  • काठमाडौं, साउन १। आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन ।

    नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन पाउने छैनन् । सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले प्यान अनिवार्य भएको हो ।

    प्यान कार्ड नलिएकाहरुले एक हजार रुपैयाँभन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुनेछ । एक हजार भन्दा कम लिंदा मात्र नगद कारोवार गर्न पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology