टेलिकमले इन्टरनेटमा शुल्क बृद्धि नगर्ने

  • साझा डबली
  • बुधबार, साउन १, २०७६
  • काठमाडौ, साउन १। नेपाल टेलिकमले इन्टरनेट शुल्क बृद्धि नहुने स्पष्ट पारेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिरहेकै बेला टेलिकमको सो निर्णय सर्वाजनिक भएको हो ।

    ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर इन्टरनेट शुल्क वृद्धि नगरिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले आज विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

    विज्ञप्तिमा इन्टरनेट शुल्क बढाउनुको साटो सेवाग्राहीलाई झन् बढी सहुलियत दिने उद्धेश्यका साथ समर अफर कार्यक्रम ल्याइएको समेत जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology