साउन २ र १० गतेको नेपाल बन्द फिर्ता

  • साझा डबली
  • मङ्लबार, असार ३१, २०७६
  • काठमाडौं, असार ३१। आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आरक्षण बचाऔंले साउन २ र १० गतेको नेपाल बन्दको आह्वान गरेको थियो ।

    देशमा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइपरेपछि बन्द आह्वान स्थगित गरिएको हो ।

    नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी मानिसको मृत्यु, धेरै नागरिक विपत्तिमा परेकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको हो ।

    लोकसेवा आयोगले समावेसी सिद्धान्त विपरित विज्ञापन आह्वान गरेको र सो विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतले आन्दोलन गर्दै आएको छ ।

    बन्दका कार्यम स्थगित रहने भए पनि अन्य विरोधका कार्यक्रम भने जारी रहने अध्यक्ष बरामले जानकारी दिए । आरक्षण बचाऔं आन्दोलनले आज राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन र सभा गर्दैछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology