लालबाबुको राजीनामा माग गर्दै प्रर्दशन

  • साझा डबली
  • मङ्लबार, असार ३१, २०७६
  • काठमाडौं, असार ३१। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

    समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।

    प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका

    समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दबाव दिएका छन् ।

    ‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाईदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

    लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन संविधानको भावना अनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिट समेत दायर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology