विश्वकपमा हारपछि कोहली कप्तानबाट आउट ! को बन्ला नयाँ कप्तान ?

  • साझा डबली
  • मङ्लबार, असार ३१, २०७६
  • काठमाडौं, असार ३१। विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग हारेपछि भारतीय टिममा ठूलो परिवर्तनको तयारी गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)का एक अधिकारीका अनुसार विराट कोहलीलाई कप्तानबाट हटाइँदैछ । विराट कोहलीलाई एकदिवसीय र टि–२० को कप्तानबाट हटाएर रोहित शर्मालाई नियमित कप्तान बनाउने तयारी सुरु गरिएको छ । टेस्टका कप्तान भने कोहली नै रहनेछन् ।

    समाचार एजेन्सी आइएएनएससँग एक अधिकारीले भने ‘टिमलाई राम्रो बनाउनको लागि परिवर्तनको प्रक्रिया छिटै सुरु गरिनेछ । रोहितले ५० ओभरको कप्तानी सम्हाल्ने र त्यसको लागि आफूलाई मानसिक रुपमा तयार राख्ने यो सही समय हो । उनलाई अहिलेका कप्तान र टिम व्यवस्थापनले पनि समर्थन गर्नुपर्छ ।’ उनले वर्तमान कप्तान विराट र उपकप्तान रोहितबीच विवाद भएको कुरा भने अस्वीकार गरे ।

    उनले अगाडि भने ‘अब पुराना कुराहरुमा कुरा गर्ने समय होइन बरु अगाडिको तयारी गर्ने समय हो । हामीले अर्को विश्वकपको तयारी सुरु गर्नको लागि यो सही समय हो । नयाँ तरिकाले टिमको तयारीमा विचार गर्नुपर्छ र नयाँ योजनाहरु बनाउनुपर्छ । हामीलाई थाहा छ कि टिमलाई फेरि नयाँ तरिकाले हेर्नुपर्ने र केही विशेष क्षेत्रमा परिवर्तनको आवश्यकता छ । रोहित यसको लागि सबैभन्दा उत्तम विकल्प हुन् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology