मौसमः देशका धेरै स्थानहरूमा वर्षा हुने

  • साझा डबली
  • सोमवार, असार ३०, २०७६
  • काठमाडौं, असार ३०। मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम सम्बन्धी विवरण सार्वजनिक गरेको छ । महाशाखाकाअनुसार सोमबार दिउसो देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ।

    यसैगरी देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।
    सोमबार राती देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको रहेको हुँदाँ देशको पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology