दाेस्राे टि २० खेलमा पनि नेपाल विजयी

  • साझा डबली
  • आइतवार, असार २९, २०७६
  • काठमाडौं, असार २९। मलेसियासंगकाे ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा पनि नेपाल ६ रनले विजयी भएकाे छ । आइतबार भएकाे खेलमा पहिले ब्याटिङ गर्दै पाहुना टाेली नेपालले घरेलु टाेलीलाई १७४ रनको विजयलक्ष्य पेश गरेको थियाे । जवाफि ब्याटिङ गरेकाे मलेसियाले निर्धारित अाेभरका ७ विकेट गुमाउदै १६७ रन मात्र बनाउन सक्याे ।

    किनरारा ओभल मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आजको खेलमा कप्तान पारससँग युवा ब्याट्सम्यान पवन सर्राफले ओपनिङ गरेका थिए । ब्याटिङ तर्फ नेपालका पवन सराफ १०, ज्ञानेन्द्र मल्ल ७, कप्तान खड्का २३ रन बनाएर आउट भएका थिए ।

    छैटौं नम्बरमा ब्याटिङमा आएका विकेटकिपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरी २५ बलमा ५१ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए । रोहितकुमार पौडेलले २३ बलमा १९ रन बनाएर आउट भए । त्यस्तै शरद भृस्वाकरले ४० र करणले १६ रन जोडे ।

    बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए । सइद अजिज र सुव्रिम मुनिन्देले एक एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology