पाँचथरका हत्या आरोपीलाई सुधार गृह पठाउन अदालतको आदेश

  • पुर्ब ब्युरो
  • आइतवार, असार २९, २०७६
  • काठमाडौं, असार २९। पाँचथरको हिलिहाङ गाँउपालिका ६ मा असार ३ गते भएको एनएमबि माइक्रो फाइनान्स गोपेटार शाखामा कार्यरत सुजाता तामाङको हत्या आरोपी किशोरलाई बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको छ । हत्यामा संलग्न सोही स्थान बस्ने घनेन्द्र लाओती बालक भएकाले जिल्ला न्यायाधीश मनोज के.सी.को इजलासले बाल सुधारगृह पठाउन आदेश दिएको हो ।

    हत्यामा संलग्न लाओतीले आफू १७ बर्ष मात्र पुगेको बयानको क्रममा बताएका थिए । उनको जन्मदर्ता प्रमाण–पत्र र उनले अध्ययन गरेको विद्यालयको प्रमाण–पत्र हेर्दा उनी १७ बर्ष सात महिना मात्र पुगेको देखिएको जिल्ला अदालतले जनाएको छ । बालबालिका सम्बन्धि ऐनको दफा २४ अनुसार उनलाई बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको हो ।

    लाओतीले इलाम माईजोगमाई–५, सोयाककी २१ बर्षिया तामाङको ३ असारमा जंगलबीचको बाटोमा घाटि रेटि हत्या गरेका थिए ।हिलिहाङ ६ निवासी ती किशोर असार ५ गते हत्यामा प्रयोग भएको खुकुरी र लुटिएको ८१ हजार ७ सय नगद सहित घर नजिकैको जंगलवाट समातिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology