इलामका ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ

  • पुर्ब ब्युरो
  • आइतवार, असार २९, २०७६
  • इलाम, असार २९। वर्षाका कारण कच्ची सडकहरू हिलाम्मे बनेपछि इलामका ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ सृजना भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो झरेपछि र सडक हिलाम्मे बनेपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

    ‘पुराना सडकभन्दा बढी नयाँ सडक हिलाम्मे बनेका छन्, कतै गाडी फसेपछि ठेल्दै र कतै सानातिना पहिरो पन्छाउँदै गाडी चलाइएको छ,’ पुर्बेली जिप तथा ट्याक्सी प्रा.लिका अध्यक्ष गृश्म सुब्बाले भने । निरन्तर वर्षा भइरहेकाले २ दिनदेखि निकै कठिनाइ भएको र अझै वर्षा भए ग्रामीण भेगमा गाडी जाने सम्भावना कम देखिएको सुब्बाको भनाइ छ ।

    बाढीपहिरोको जोखिममा परेका ठाउँमा वर्षात्का बेला सवारी साधनलाई ओहोरदोहोर गराउन निकै समस्या हुने यातायात व्यवसायीको भनाइ छ ।

    जिल्लाको दसै  स्थानीय तहका सबै केन्द्रसम्म सवारीसाधन पुग्ने गरेका छन् । हिउँदमा धुलाम्मे हुने सडकमा वर्षा लागेपछि हिलो जम्ने र पहिरो खस्ने भएकाले ओहोरदोहोरमा समस्या भोग्नुपरेको स्थानीय बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology