भत्कियो भारतीय बाँध, बाढी भारतीय बस्तीमा

  • साझा डबली
  • शनिबार, असार २८, २०७६
  • रौतहट, असार २८। रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।

    बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।

    भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology