पूर्वपश्चिम राजमार्गमा पूर्णरुपमा बन्द

  • साझा डबली
  • शनिबार, असार २८, २०७६
  • काठमाडौं, असार २८। गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ । रौतहटको फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । सो नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् ।

    बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगासहितका केही पौडीबाज जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन ।

    दुर्गा भगवती गाउँपालिकाअन्तर्गत गौर-गंगापिपरा सडक खण्ड बाढीका कारण गएरातिदेखि नै अवरुद्ध छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सयभन्दा बढी घर डुवानमा परेका छन् ।

    परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, ईशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढीमाई, वृन्दाबन, विजयपुर, कटहरियासहित गरुडा नगरपालिकाको सबैवडा, चन्द्रपुर नगरपालिकाका केही वडा पनि डुवानमा परेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology