आइतबार रातीसम्म भारी वर्षा हुने

  • साझा डबली
  • शनिबार, असार २८, २०७६
  • काठमाडौँ, असार २८। मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ ।

    सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ ।

    मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ ।’

    मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology