पहिरोमा पुरिएर ३ जनाको मृत्यु

  • साझा डबली
  • शुक्रबार, असार २७, २०७६
  • काठमाडौं, असार २७। शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

    काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

    यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology