शुक्रवार के गर्ने सोचमा हुनुहुन्छ ? राशीफल हेरेर लिनुस् निर्णय !

  • साझा डबली
  • शुक्रबार, असार २७, २०७६
  • आज वि.सं.२०७६ साल असार २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि एकादशी,५२ घडी २९ पला,रातको ०२ बजेर १७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र विशाखा,३३ घडी २२ पला,बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त अनुराधा । योग साध्य,११ घडी २० पला,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त शुभ ।

    करण वणिज,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर १७ मिनेट उप्रान्त बल । आनन्दादिमा मातंग योग । चन्द्रराशि तुला,मध्यान्ह १२ बजेर ४४ मिनेट उप्रान्त बृश्चिक । हरिशयनी एकादशी व्रत। तुलसी रोपण। चतुर्मास व्रत प्रारम्भ।काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी १८ पला ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा साथिभाई सँग रमाईलो यात्राको तय हुँने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मिठा मिठा कुरा गरि भावना साटासाट गरि समय व्यातित गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । खोजमुलक क्षेत्रमा समय बित्नेहुँदा मन प्रशन्न रहनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले भातिक सम्पतिमा विवाद हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना बढिनै हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शिक्षा तथा अन्य व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउँनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउँनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिहानका समय मध्ययम रहेकोले स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । बिहानको समय राम्रो रहेकोले अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुँनेछ । प्रेम प्रशङगमा दिन कटाउँन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) निर्णायक तहमा पुगिने तथा निर्णय क्षमतामा बृद्धि हुँनेछ । तपाईको कार्य शैलि सबैले मन पराउँने हुँदा समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बन्नेछ । ईष्टमित्र,आफन्तहरुका साथ जम्घट भई मिठो मसिनो स्वादिष्ट भोजनमा साथ रमाउँन सकिनेछ । नयाँ काम पाउँने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुँनेछ ।

    मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले परिवार तथा आफन्तको असहयोगले कामहरु प्रभावित हुनेछन् ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology