कार्यालय समयमै मादक पदार्थ खाएर मस्त एसपी रावल , उल्टो डीआईजीलाई फोनमा सुनाए गीत

  • साझा डबली
  • बिहिबार, असार १९, २०७६
  • गोरखा,असार १९ । गोरखाका जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुख भोला राववलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलिले बुधबार गोरखामै आएर अनुसन्धान सूरु गरेको छ । प्रदेशबाट आएको टोलीले एसपी रावललाई कार्यालय समयमै मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा भेट्टाएको हो ।

    जिल्लामा लुटपाट तथा चोरीका घटना भएको खबर आइरहेको भएपनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भोला रावल प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा थिएनन् । दुईतीन दिनसम्म पनि रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आफैंले फोन गरेको र फोनमा उल्टै गालीगलौज र गीत गाउने जस्ता कृयाकलाप गरेको निरीक्षणका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा रहेको टोलीले जानकारी दियो ।

    टोलीले बुधबार नै जिल्ला अस्पताल गोरखाका डाक्टर बोलाएर मापसे जाँच गरेको थियो । रिपोर्टमा मादक पदार्थ सेवन गरेको भेटिएको टोलीले जानकारी दिएको छ । स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको र संगठनप्रतिको उत्तरदायित्व बहन नगरेको आरोपमा आन्तरिक अनुसन्धान र कारवाही हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology