ट्राफिकले भन्यो, जमलको दुर्घटना ‘भयानक’

  • साझा डबली
  • शनिबार, असार १४, २०७६
  • काठमाडौँ, असार १४। जमलमा कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजे दुर्घटना भएकाे हो ।

    ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।

    दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । कारमा सवार अन्य तीन जना रहे पनि सबै सकुशल रहेका छन् । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो ।

    कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा ठोक्किँएको हो ।

    तस्बिर : दिपक श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology