वैदिक अभियन्ता बाँसकोटालाई मानार्थ विद्यावारिधि

  • दिपेश बराल
  • आइतवार, असार ८, २०७६
  • दीपेश बराल/काठमाडौं, असार ८। महर्षि विश्व विद्यालय फेयरफिल्ड आयोवा, अमेरिकाले आषाढ ७ गते भव्य समारोहमा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष तथा पूर्व गृहराज्य मन्त्री दीपकप्रकाश बास्कोटालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ।

    महाॠषि विश्व शान्तीको अभियानमा लामो समयदेखि अनवरत लागेका बाँसकोटा सहकारी अभियन्ता र अर्गानिक खेती अभियन्ता समेत हुन।

    महर्षी महेश योगीको Nepal to lead the world वचनलाई बास्कोटाको नेतृत्वमा सार्थक हुने प्रबल सम्भावना छ।

    आउँदा दिनमा नेपालको वैदिक पुनरुत्थान आन्दोलन झनै आशालाग्दो हुने अपेक्षा र विश्वास राखेको बााँसकटाले साझा डबली संगको कुराकानिमा बताए।

    नेपालमा निकट भविष्यमै वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक आवास, चेतनामा आधारित शिक्षालगायत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए। हाल एक दर्जन विद्यालयमा भावातित ध्यानसहितको चेतनामा आधारित शिक्षा लागू भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology