सन्दीपसँगै सोमपालले खेल्ने भए ग्लोबल टी–२०

  • साझा डबली
  • शुक्रबार, असार ६, २०७६
  • काठमाडौं, असार ६। नेपाली क्रिकेटर सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

    बिहीबार भएको ड्राफ्टमा विनिपिग हक्सले सोमपाललाई लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो । सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायत छन् ।

    सन्दीप लामिछानेले भने टोरोन्टो नेशनल्सबाट खेल्नेछन् । उनको टिममा युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायत छन् ।

    प्रतियोगिता २५ जुलाइबाट सुरू हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology