नेपालमा यो वर्षको मनसुनी गतिविधि सुरु

  • साझा डबली
  • बिहिबार, असार ५, २०७६
  • काठमाडौं,  असार ५ । नेपालमा यो वर्षको मनसुनी गतिविधि सुरु भएको छ।

    पूर्वी भेगबाट मनसुन भित्रिएको मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको मौसमविद्ले बताएका छन ।

    यो वर्ष मुनसुन गत वर्षभन्दा ११ दिन ढिला गरी सुरु भएको हो। गत वर्ष जुन ८ मै नेपालमा मनसुन सुरु भएको थियो। मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।

    गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको मौसमविद्ले बताएका छन ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology