गोकर्णमा बस दुर्घटना, सहचालकको मृत्यु

  • साझा डबली
  • बिहिबार, असार ५, २०७६
  • काठमाडौं, असार ५ । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ ।

    रत्नपार्कबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology